इयरफोनको प्रयोग बढ्दो छ। धेरै मानिसहरु यसलाई आफ्नो घाँटीमै झुण्डयाई राख्छन्। कतिपयले इयरफोनबिना गीत नसुन्ने, भिडियो नै नहेर्ने पनि गर्छन्। यदि तपाईं पनि त्यस्तो गर्नुहुन्छ भने सचेत हुनुपर्ने बेला आएको छ।
पछिल्लो समय गरिएको अनुसन्धानहरुले घण्टौंसम्म इयरफोनको प्रयोग गर्नेको कानको सुन्ने क्षमतामा कमी आउने देखाएको छ। कोरोनाकालमा इयरफोनको प्रयोगकर्ता अधि बढेपछि गरेको अनुसन्धानले यो देखाएको हो।
बारम्बार प्रयोग नगर्नुहोस्
इयरफोनमा घण्टौंसम्म काम गर्नुपर्दा हरेक घण्टाको बीचमा १० मिनेटका लागि कानबाट हटाउने गर्नुस् । यसो गर्दा तपाईंको कानलाई आराम मिल्छ र यसले घण्टौंसम्म कानमा इयरफोन राख्नाले टाउको दुख्ने समस्या कम गर्छ ।
सेनिटारजरको प्रयोगपछि मात्र प्रयोग गर्नुहोस्
इयरफोनको प्रयोग कानको भित्री भागसम्म हुने हुनाले जस्तासुकै इयरफोनको प्रयोगले कानमा संक्रमण हुन सक्छ । त्यसकारण इयरफोनलाई राम्रोसँग सफा गरिएन भने यसले कोरोना संक्रमणको जोखिम बढाउन सक्छ । त्यसैले जहिले पनि इयरफोनको प्रयोग गर्नु अघि सेनिटाइजरले इयरफोन सफा गर्न राम्रो हुन्छ ।
भोल्युम केवल ४० प्रतिशतमा राख्नुहोस्
इयरफोनमा चर्को आवाजमा सुन्दा कानलाई क्षति र्पुयाउँछ, र यसले सुन्ने क्षमतालाई कम गर्छ । जहिले पनि इयरफोनको प्रयोग गर्दा आफ्नो ग्याजेटको भोल्युम ४० प्रतिशतसम्म मात्र राख्नुहोस् ।
स्पिकर पनि प्रयोग गर्नुहोस्
यदि तपाईंको काम धेरै फोनमा नै बोल्नुपर्ने छ भने सम्भव भएसम्म स्पिकर प्रयोग गर्नुहोस् । तपाईंको अफिसपछि पनि फोनमा कुरा गर्नु पर्ने काम छ भने इयरफोन वा कानमा राखेर बोल्नुको साटो स्पिकरकै प्रयोगलाई बढाउँदै जानुहोस् ।
राम्रो कम्पनीको इयरफोन प्रयोग गर्नुहोस्
इयरफोन किन्ने बेलामा कानको आकार हेरेर किन्ने गर्नुपर्छ । यसो गर्नाले तपाईले प्रयोग गर्ने इयरफोनले तपाईंको कानमा कुनै पनि पीडा दिँदैन । अनलाइनमा बढी बैठक हुन्छ भने इयरफोनको सट्टा हेडफोनको प्रयोग गर्नुहोस् । यसले कानलाई पनि सान्त्वना प्रदान गर्दछ भने संक्रमणको पनि सम्भावना हुँदैन ।
यात्राको कुरो
धेरै जसोले यात्रामा बढी इयरफोनको प्रयोग गर्छन् । अन्य मान्छेको आवाज सुन्न नपरोस् र यात्रालाई सरल बनाउनको लागि इयरफोनमा चर्को गीतहरू सुन्छन् । उनीहरुको यसको कामले बाहिरका आवाजबाट त जोगाउँदछ तर उनीहरूले इयरफोनको लगातारको आवाजले बढी नोक्सान पुर्याउँछ ।