काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले देशभर १८ हजार ४ सय ३७ जनामा संक्रिय किसिमको संक्रमण रहेको छ । यससँगै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।
यो २४ घण्टामा देशभरका प्रयोगशालाशाबाट ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
वितेको २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।
हाल देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ६१४ जना तथा होम आइसोलेसनमा ९ हजार ८२३ जना रहेका छन् । ६ हजार ५६५ जना क्वारेन्टिनमा रहेका छन् । २८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । २३२ जनाको र्आसीयूमा उपचार भैरहेको छ ।