फिल्म निर्माता करण जौहरले एक विज्ञप्ति जारी गरेर आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । केही सामाजिक सञ्जाल तथा सञ्चार माध्यमले उनीमाथि लगाएको लागुपदार्थ दुर्व्यसनीमा फसेको आरोपको उनले खण्डन गरेका हुन् ।
उनले भने, ‘मैले दिएको पार्टीमा कहिल्यै ड्रग्स प्रयोग भएन । केही नक्कली न्युज च्यानलहरू, प्रिन्ट र इलेक्ट्रोनिक्स मिडिया तथा सोसल मिडिया प्लेटफर्ममा नक्कली खबरहरू चलिरहेको छ । उनीहरुले मैले २०१९ जुलाई २८ मा घरमा दिएको पार्टीमा लागूपदार्थ सेवन गरिएको आरोप लगाए, जुन गलत हो ।’
उनी आफूमाथि लगाएको आरोप आधारहीन र झूटा रहेको बताउँछन् । उनी भन्छन्, ‘त्यो पार्टीमा कुनै पनि औषधि प्रयोग भएको थिएन। म कुनै किसिमको औषधि सेवन गर्दिनँ । म लागुपदार्थलाई कहिल्यै बढावा दिन्नँ ।’ – एजेन्सी