काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले देशभर १९ हजार १९ जनामा संक्रिय किसिमको संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
वितेको २४ घण्टामा देशभरका अस्पतालबाट ८ सय ८५ जना कोरोना संत्रलमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
हाल देशभरका संसथागत आइसोलसनमा ८ हजार ३ सय २१ जना तथा होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना रहेका छन् । ६ हजार २ सय ८१ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरका अस्पतालमा भेन्टिलेटरमा ३३ संक्रमितको उपचार भैरहेको छ । । २ सय २५ जनाको आईसीयूमा राखेर उपचार भैरहेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।
वितेको २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।