काठमाडौं– नेपालमा आज १ हजार ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबिस घण्टामा १ हजार ५ सय १३ जना संक्रमित थपिएका हुन् । योसँगै कुल संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।
आज ७ सय ३१ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।
त्यस्तै, आजै १० संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ सय ९१ पुगेको छ ।