काठमाडौं– स्वास्थ्य सेवा सुधारको माग राख्दै डा. गोविन्द केसी अनसन बसिरहन्छन् । अहिले उनको १९ औं अनसन जारी छ । यसबीचमा उनले धेरैपटक धेरैवटा सरकारसँग विभिन्न सम्झौता गरेर अनसन तोडेका छन् । कहिले सम्झौता बिनै अनसन तोडेका पनि छन् ।
तर, यसअघि पटक–पटक भएका सम्झौता पूर्ण कार्यान्वयन भएनन् । उनका केही माग भने सम्बोधन भएका छन् । तर उनी एउटा माग सम्बोधन भएपनि अर्को माग राखेर अनसन बस्न चाहिँ छाड्दैनन् ।
कहिलेकाहिँ त उनी राजनीतिक र सीमासम्बन्धी माग समेत झुण्ड्याएर अनसन बस्छन् । जसले उनको अनसनमाथि नै प्रश्न उठाएको छ । यसअघि उनी बसेका अनसन शृङ्खला, माग र सरकारले गरेका सम्झौता यसप्रकार छन् :
पहिलो अनसन :
२०६९ असार २१ देखि २४ गतेसम्म (४ दिन)
तत्कालीन प्रधानमन्त्री : डाक्टर बाबुराम भट्टराई
केसीसँग भएको सहमति : त्रिविको हस्तक्षेपबाट चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)लाई पदमुक्त गराउने, नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने लगायतका माग पूरा गर्ने सहमति ।
दोस्रो अनसन :
२०६९ साउन २७ देखि भदौ १ सम्म (७ दिन)
तत्कालीन प्रधानमन्त्री : डाक्टर बाबुराम भट्टराई
सहमति : बरिष्ठताका आधारमा डीन नियुक्त गर्नुपर्ने लगायतका माग पूरा गर्ने सहमति ।
तेस्रो अनसन :
२०७० पुस २७ गते देखि माघ १० सम्म (१४ दिन)
तत्कालीन मन्त्रिपरिषदका अध्यक्षः खिलराज रेग्मी
सहमतिः आईओएमलाई चिकित्सा विश्वविद्यालयका रूपमा स्थापना गर्नेबारे सम्भाव्यता अध्ययन गर्ने, नयाँ मेडिकल कलेजको सम्बन्धन बन्दगर्ने, राष्ट्रिय चिकित्साशिक्षा नीति तय गर्ने र बरिष्ठताका आधारमा आईओएमको डीन नियुक्तिगर्ने विषयमा ४ बुँदे सहमति ।
चौथो अनसन :
२०७० माघ २५ देखि फागुन ३ गते सम्म (८ दिन)
तत्कालीन मन्त्रिपरिषदका अध्यक्षः खिलराज रेग्मी
सहमतिः पुरानामागमा सहमति, साथै चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनाकालागि सम्भाव्यता अध्ययनगर्ने र चिकित्साशिक्षा राष्ट्रिय नीति बनाएर मात्र थपकलेजलाई सम्बन्धनदिने सहमति ।
पाचौँ अनसन :
२०७१ फागुन ८ देखिफागुन १९ गते सम्म (१२ दिन)
तत्कालीन प्रधानमन्त्री : शुशिल कोइराला
सहमति : पुराना सम्झौता कार्यान्वय नगर्ने र नयाँ स्वास्थ्य सम्बन्धी नीति बनाउने लगाएत ६ बुँदे सहमति ।
छैठौँ अनसन :
२०७२ भदौ ७ देखि भदौ २० गते सम्म ( १४ दिन)
तत्कालीन प्रधानमन्त्री : शुशिल कोइराला
सहमतिः एमवीवीएसमा ३ बर्ष भित्र अधिकतम सिट संख्या १०० कायम गर्ने, एमवीवीएस तहको शुल्क अधिकतम ३५ लाख रुपैयाँ कायम गर्ने लगायतका ५ विषयमा पुनः सहमति ।
सातौैँ अनसन :
२०७२ असोज २ गते देखि १२ गतेसम्म (१० दिन)
गतेसम्म (१० दिन)
तत्कालीन प्रधानमन्त्री : शुशिल कोइराला
स्थगित : ४ बुँदे माग राखेर अनशन बसेका केसीले देशको संवेदनशील समयलाई ध्यानमा राख्दै १० दिनपछि आफैँ अनशन अन्त्य गरे ।
आठौँ अनसन :
२०७३ असार २६ साउन १० गतेसम्म ( १६ दिन)
तत्कालीन प्रधानमन्त्री : केपीशर्मा ओली
सहमति : स्वयम्भुस्थित मनमोहन अस्पताल भवन र दहचोकस्थित बेसिक साइन्स भवन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले खरीद गर्ने लगायतका ४ बुँदे सहमति ।
नवौँ अनसन :
२०७३ असोज १० गते देखि २२ गतेसम्म (१२ दिन)
तत्कालीन प्रधानमन्त्री : पुष्पकमल दाहाल
स्थगितः दशैँका कारण आफैँ स्थगित गरे ।
दशौँ अनसन :
२०७३ कार्तिक २८ देखि मंसिर १९ गतेसम्म ( २३ दिन)
तत्कालीन प्रधानमन्त्री : पुष्पकमल दाहाल
सहमतिः एमवीवीएसको शुल्क लागू गर्ने, चिकित्साशिक्षा विधेयक व्यवस्थापिका संसदबाटै संशोधन गर्ने लगायतका ९ बुँदे सहमति ।
एघारौँ अनसन :
२०७४ साउन ९ गतेदेखि ३१ गतेसम्म (२३ दिन)
तत्कालीन प्रधानमन्त्री : शेरबहादुर देउवा
सहमति : चिकित्सा विधेयक पारित गर्नुपर्ने लगाएत मागमा सहमति ।
बाह्रौँ अनसन :
२०७४ असोज ९ गते देखि ११ गतेसम्म ( ३ दिन)
तत्कालीन प्रधानमन्त्री : शेरबहादुर देउवा
स्थगितः दशैँका कारण आफैँ स्थगित गरे ।
तेह्रौँ अनसन :
२०७४ असोज १९ गते देखि कात्तिक १ गतेसम्म (१४ दिन)
तत्कालीन प्रधानमन्त्री : शेरबहादुर देउवा
सहमति : चिकित्साशिक्षा विधेयक संशोधन सहित पारित गर्ने लगायतका माग पूरा गर्ने प्रतिबद्धता
चौधौँ अनसन :
२०७४ पुस २४ देखि २९ सम्म (१० दिन)
तत्कालीन प्रधानमन्त्री : शेरबहादुर देउवा
स्थगितः डाक्टर केसी र प्रधानन्यायधी शगोपाल पराजुलीबीच टक्करमा अनसन तोडियो ।
पन्ध्रौँ अनसन :
२०७५ असार १९ गतेदेखि साउन १० गतेसम्म (२७दिन)
तत्कालीन प्रधानमन्त्री : केपीशर्मा ओली
सहमति : केसीको स्वास्थ्यमा समस्या देखिनथालेपछि माग पुरा गर्ने सम्झौता ।
सोह्रौँ अनसन :
२०७५ पुष २५ गते देखि
प्रधानमन्त्री : केपीशर्मा ओली
केसीको माग : १५ औँ सत्याग्रहका सम्झौता कार्यान्वयन लगाएत माग
सत्रौं अनशन :
२०७६ चैत्र १७ देखि सुरु
प्रधानमन्त्री : केपीशर्मा ओली
केसीको माग : स्वास्थ्यमा आएको खराबी र सरकारको अनुरोधपछि बीचमै स्थगित ।
अठारौँ अनशन :
२०७७ जेठ २० देखि २२ सम्म
प्रधानमन्त्री : केपीशर्मा ओली
केसीको माग : भारतवाट मिचिएको नेपालीभूमिफिर्ता गर्ने प्रक्रियातत्काल सुरु गराउनुपर्ने माग ।
उन्नाइसौँ अनशन :
२०७७ भदौ २९ देखि हालसम्म
प्रधानमन्त्रीः केपीशर्मा ओली
केसीको मागः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम,वि,वि,एस लगायतका कार्यक्रम संचालन गरिनुपर्ने र पन्ध्रौँ सम्झौता अनुसारको सम्झौता कार्यान्वय लगायतका माग ।