केही वर्षदेखि युवामाझ निकै लोकप्रिय बनिरहेको छ टिकटक । रेकर्डिङ अडियोमा 'लिप सिङ' गर्ने एप हो यो । प्रयोगकर्ता टिकटकबाटै मोडल तथा स्टार बन्दै गर्दा यो स्थानसम्म आउन यसले निकै उतारचढाव भोग्नुपरेको छ । प्रयोगकर्तामाझ आउनुअगाडि यसलाई ‘डाउयिन’ भनिन्थ्यो । सन् २०१२ मा चिनियाँ व्यवसायी झाङ यामिङले यसलाई ‘डाउयिन’ नाम दिएका थिए । सोही ‘डाउयिन’ आज ‘टिकटक’ एपका नामले विश्वभर चर्चित छ ।
- कतिपय देशमा टिकटकलाई प्रतिबन्ध लगाइएको छ । यही टिकटक कतिपय देशका प्रयोगकर्तालाई सञ्जीवनी बुटी साबित भएको छ । नेपालमा टिकटकबाटै केही व्यक्ति प्रतिष्ठित कलाकार भइसकेका छन् ।
तथ्यांकअनुसार विश्वभरका १ सय ५५ देशका करिब ८० करोड मानिस टिकटक चलाउँछन् । टिकटक ४५ वटा भाषामा उपलब्ध छन् । सन् २०१४ मा सार्वजनिक ‘म्युजिकल्ली’सँग टिकटकले सन् २०१८ अगस्ट १ मा आफ्नो स्वामित्व लिएपछि डाउयिन र म्युजिकल्ली विस्थापित भएका थिए ।
कतिपय देशमा टिकटकलाई प्रतिबन्ध लगाइएको छ । यही टिकटक कतिपय देशका प्रयोगकर्तालाई सञ्जीवनी बुटी साबित भएको छ । नेपालमा टिकटकबाटै केही व्यक्ति प्रतिष्ठित कलाकार भइसकेका छन् । यसकै कारण कतिपयलाई कलाकारिताका लागि ‘अफर’ आउने गरेकोे छ, जसका कारण धेरैले टिकटकबाटै भविष्य निर्माण गर्ने सोच बनाएका छन् ।
जसलाई टिकटक फाप्यो
टिकटकबाटै सर्वाधिक चर्चामा आएको नाम हो– रेश्मा घिमिरे । नर्सिङ जीवन बिताउँदै गरेकी घिमिरेले टिकटकमा लिप सिङ गरिएका भिडियो अपलोड गरिन्, जुन प्रयोगकर्तामाझ लोकप्रिय भयो । उनका भिडियो खुब मन पराइयो । अन्ततः उनलाई ‘टिकटक क्विन’को उपमा समेत दिइएको छ ।
टिकटकमा छाउनुअघि घिमिरेले केही चलचित्र र म्युजिक भिडियोमा काम गरेकी थिइन्, जुन कामको कतै चर्चा भएन । उनी ‘नोटिस’मा परिनन् । तर, टिकटकै कारण घिमिरे व्यस्त कलाकारको सूचीमा परेकी छन् ।
- गीत सुन्ने र हेर्ने शैली समेत टिकटककै कारण बदलिएको छ । पहिले गीत सुन्ने गरिन्थ्यो, अहिले हेरिन्छ । टिकटकबाटै गीत सुन्ने र हेर्ने गरिन्छ । यसपछि मात्र गीत सुन्न र हेर्न युट्युब प्रयोग गरिन्छ ।
टिकटकबाटै म्युजिक भिडियोमा जमेको अर्को नाम हो– मञ्जिल बस्नेत । मञ्जिल टाइमपासका लागि टिकटक बनाउँथे । उनले मोडल बन्ने सपना देखेका थिएनन् । तर, टिकटकमा अपलोड गरिएका भिडियो अत्यधिक रुचाइयो । अचेल उनलाई मोडलिङका लागि अफरहरू आउन थालेको छ । जसका कारण उनी मोडलिङप्रति आकृष्ट हुँदै छन् ।
टिकटककै कारण रेश्मा, मञ्जिल, प्रिन्सी/प्रिज्मा खतिवडा अहिले कलाकारका रूपमा स्थापित भएका छन् । हरेक दिनहुँजसो टिकटकमा कोही न कोही ‘भाइरल’ हुने क्रम जारी नै छ ।
टिकटकदेखि म्युजिक भिडियोसम्म
टिकटक बनाएर म्युजिक भिडियोसम्म आइपुगेका धेरै कलाकार छन् । लोसिना लामिछाने, उषा उप्रेती, गरिमा शर्मा, डेमोन शर्मा, सुधीर श्रेष्ठ, अकेश पोखरेललगायत ‘टिकटक स्टारहरू’ अहिले म्युजिक भिडियोमा जमिरहेका छन् ।
लोसिना र दुर्गेश थापा अभिनीत ‘माया हाँसेको बोलको’ गीत केही समयअघि सार्वजनिक भयो । यस म्युजिक भिडियोले भन्दा टिकटकले नै लोसिनालाई चिनाएको हो ।
- राष्ट्रिय सभाका सांसद रामनारायण बिडारी, कांग्रेसका नेता गगन थापा तथा विश्वप्रकाश शर्माले बोलेका भाषण पनि टिकटकमा हिट हुने गर्छन् ।
त्यस्तै, नायक श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्का अभिनीत ‘कोहिनुर’ चलचित्रको गीतमा टिकटक बनाएर रातारात सबैको मन जितेका सुधीर श्रेष्ठ पनि अहिले म्युजिक भिडियो निर्माणमा व्यस्त छन् । उनी पेसाले नृत्य शिक्षक हुन् । उनले म्युजिक भिडियोदेखि चलचित्रसम्म काम गरेका थिए । तर उनी ‘नोटिस’ भएका थिएनन् ।
- टिकटकले नयाँ कलाकार तथा संगीतकारलाई कलाकारितामा स्थापित गर्ने 'प्लेटफर्म' तयार पारिदिएको छ । पहिला पहिला गीतबाट गायक 'नोटिस' हुन धेरै समय लाग्थ्यो । अहिले टिकटकमा एउट गीत हिट हुनेबित्तिकै गायक नोटिस हुने माहोल बनेको छ ।
अहिले सुधीर अभिनीत ‘नबोली नबोली’ले अहिले बजार तताएको छ । उनलाई अर्की टिकटक स्टार गरिमा शर्माले साथ दिएकी छिन् । गरिमाको पनि म्युजिक भिडियोसम्म आउने बाटो टिकटकबाटै बनेको हो । उनी पनि पछिल्लो समय म्युजिक भिडियोमा रुचाइने कलाकारमा पर्छिन् ।
‘सपना त सानैदेखि चलचित्रसम्म पुग्ने हो । आफ्नो रहर र सपना पूरा गर्न मैले टिकटक आएदेखि नै प्रयोग गरें,’ गरिमा भन्छिन्, ‘अझै धेरै अगाडि जानु छ । त्यसका लागि मेहेनत गरिरहेकी छु ।’
त्यस्तै, डेमोन क्षेत्री पनि टिकटकमा अत्यधिक रुचाइएका छन् । झट्ट हेर्दा नायक प्रदीप खड्का जस्ता देखिन्छन् उनी । उनको लुक्स र अभिनय रुचाइएको हो । चलचित्रमा नायकको भूमिकामा देखिने सपना देखेका डेमोन अहिले भने म्युजिक भिडियोमा व्यस्त छन् ।
गीत नै टिकटक लक्षित
अचेल गीतहरू पनि टिकटक लक्षित हुने गरी गाउन थालिएको छ । गीत सार्वजनिक गर्ने प्रक्रियामा पनि अहिले फेरबदल आएको छ । पछिल्लो समय गीत टिकटकमा रुचाइयो भने मात्र म्युजिक भिडियो बनाउने प्रवृत्ति मौलाउँदै गएको छ ।
- चलचित्र निर्माताहरूले चलचित्रको प्रचारप्रसार गर्न टिकटकलाई माध्यम बनाउन थालेका छन् । उनीहरूले ‘टिकटक स्टार’ कलाकारलाई निश्चित रकम दिएर चलचित्रको गीतको विज्ञापन गराउन थालेका छन् ।
गीत सुन्ने र हेर्ने शैली समेत टिकटककै कारण बदलिएको छ । पहिले गीत सुन्ने गरिन्थ्यो, अहिले हेरिन्छ । टिकटकबाटै गीत सुन्ने र हेर्ने गरिन्छ । यसपछि मात्र गीत सुन्न र हेर्न युट्युब प्रयोग गरिन्छ ।
नयाँलाई सजिलो
टिकटकले नयाँ कलाकार तथा संगीतकारलाई कलाकारितामा स्थापित गर्ने 'प्लेटफर्म' तयार पारिदिएको छ । पहिला गीतबाट गायक 'नोटिस' हुन धेरै समय लाग्थ्यो । अहिले टिकटकमा एउट गीत हिट हुनेबित्तिकै गायक नोटिस हुने माहोल बनेको छ । टिकटककै कारण नयाँ कालकारले विगतमा जस्तो संर्घष गर्नुपर्ने अवस्था छैन ।
आम्दानीकोे स्रोत टिकटक
नेपालमा टिकटक आम्दानीको एउटा राम्रो स्रोत बनिरहेको छ । चलचित्र निर्माताहरूले चलचित्रको प्रचारप्रसार गर्न टिकटकलाई माध्यम बनाउन थालेका छन् । उनीहरूले ‘टिकटक स्टार’ कलाकारलाई निश्चित रकम दिएर चलचित्रको गीतको विज्ञापन गराउन थालेका छन् । १५ सेकेन्डदेखि १ मिनेटको गीतमा लिप सिङ गरेर राम्रो आम्दानी हुने भएपछि टिकटक स्टारहरूले टिकटकको उचित प्रयोग गरिरहेका छन् । दैनिक खर्च चलाउनकै लागि गीतको प्रोमोसन गर्ने गरेको टिकटक स्टार प्रिन्सी तथा प्रिज्मा बताउँछन् ।
टिकटकका खुराक
टिकटकमा प्राय:जसो चार किसिमका अडियो पाइन्छन् । प्रयोगकर्ताले गीतहरूमा नै टिकटक बनाउने गरेका छन् । गीतबाहेक भाषणमा पनि धेरै टिकटक बनाइएको छ । कसैको कमेडी भनाइ तथा प्यारोडीहरूमा पनि टिकटक बनाइन्छ । त्यस्तै, रोनाधोना तथा मुक्तकमा पनि टिकटक बनाउन थालिएको छ ।
टिकटकमा अश्लीलता हाबी
पछिल्लो समय टिकटक अश्लीलतातर्फ धकेलिएको छ । लिप सिङ गरेर मानिसलाई मनोरञ्जन गर्ने तथा समयको सदुपयोग गर्न सजिलो होस् भन्ने उद्देश्यले ल्याइएको टिकटकमा गालीगलौजका भिडियो अपलोड गर्न थालिएको छ । त्यस्तै, यौनका विषय जोडेर नकारात्मक कमेन्टहरू गर्ने प्रवृत्ति बढेकाे छ । प्रहरीले यस क्षेत्रमा कुनै पनि चासो र निगरानी नराखेको कारण कतिपय मानिस मानसिक दुर्व्यवहारको सिकारसमेत भएका छन् ।
बच्चाहरूमा मनोवैज्ञानिक असर
छोराछोरीका टिकटक बनाएर भाइरल हुने प्रवृत्तिसमेत मौलाउँदै गएको छ । लाइक, भ्युज र सियरको लोभले छोराछोरीलाई टिकटकमा अभ्यस्त बनाउन थालिएको छ । अभिभावकले सस्तो लोेकप्रियताका लागि छोराछोरीलाई प्रयोग गरे पनि बच्चाहरूमा कस्तो प्रभाव पर्ला भन्ने नबुझेको र त्यतातिर ध्यान नदिएको पाइन्छ ।
पत्रकारदेखि नेतासम्म भाइरल
नेपालमा सानादेखि वृद्ध उमेर समूहका मानिस टिकटकमा रमाइरहेका छन् । कान्तिपुर टेलिभिजनकी पत्रकार श्री पाण्डे टिकटकमा निकै चर्चित छिन् । उनलाई टिकटकमा ४ लाख ८३ हजारले फलो गरेका छन् भने उनले २५ जनालाई फलो गरेकी छिन् । फुर्सदमा उनले बनाएका टिकटक धेरैलाई मन परेको छ । श्रीले टिकटकमा २ सय ११ वटा भिडियो हालेकी छिन् ।
त्यस्तै, राष्ट्रिय सभाका सांसद रामनारायण बिडारी, कांग्रेसका नेता गगन थापा तथा विश्वप्रकाश शर्माले बोलेका भाषण पनि टिकटकमा हिट हुने गर्छन् ।