काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको ‘घुम्दै फिर्दैै अमेरिकामा’ (नियात्रा) प्रकाशित भएको छ । नियात्रामा २०६६ सालमा उप्रेतीले गरेको अमेरिका भ्रमणको इतिवृत्ति समेटिएको छ ।
उप्रेती भन्छिन्, ‘कृतिका २०ओटै नियात्राहरू २०६६ वैशाखदेखि असारसम्म अमेरिकाका विभिन्न ठाउँ भ्रमण गर्दा टिपोट गरिएका दैनिकीका परिष्कृत रूप हुन् ।’
शमी साहित्य प्रतिष्ठानले उप्रेतीको ‘घुम्दै फिर्दै अमेरिकासम्म’ प्रकाशन गरेको हो । कृतिको मूल्य ३ सय २५ रुपैयाँ तोकिएको छ ।
उप्रेतीका स्मृतिका छालमा इटाली (नियात्रा), दृष्टिकोणका विविध बिसाउनी, व्यक्ति, कृति र प्रवृत्ति, इन्टरमिडियत नेपाली फर फरेनर्स, बेसिक नेपाली फर फरनर्स, तिब्बतमा दस दिन, नामको खोल, भाषा र संस्कृति, देश देशान्तर, स्मृतिमा फुलेका बहुरङ्गी फूलहरु, समालोचना विविध र चक्रव्यूह जस्ता कृति प्रकाशित छन् ।