काठमाडौं– कोरोना संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन् । उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछि लगत्तै उहाँ सैनिक अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालबाट निवास फर्किएपनि उनको उपचार भने निवासबाटै जारी रहने अधिकारीहरूले जनाएका छन् । आफ्नो स्वास्थ्य अवस्थामा धेरै सुधार आएको ७४ बर्षीय ट्रम्पले बताएका छन् । उनले चाडै नै आफु सार्वजनिक रुपमा निर्वाचनको काममा लाग्ने पनि जानकारी उल्लेख गरेका छन् ।
अमेरिकामा आगामी नोभेम्बर २९ तारिखमा हुन लागेको राष्ट्रपतिय निर्वाचनमा ट्रम्प पनि प्रतिश्पर्धामा छन् । उनी अस्पतालबाट ह्वाइट हाउस छोटो हेलिकोप्टरमार्फत् गएका हुन् ।
ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक भने नभइसकेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार ट्रम्पको अवस्था निवासमा फर्कन मिल्ने खालको रहेको र निवासमा रहँदा पनि उनलाई २४ नै घन्टा उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने व्यवस्था गरिएको छ ।