पेरिस– विश्वमा डिस्चार्ज हुने कोरोना संक्रमितको २ करोड ६८ लाखभन्दा बढी पुगेको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार २ करोड ६८ लाख ८९ हजार ७६८ जना कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका हुन् ।
विश्वभरि अहिलेसम्म ३ करोड ५७ लाख ३० हजार ९६५ जना सङ्क्रमित भएका छन् । तीमध्ये १० लाख ४६ हजार ४८४ जनाको मृत्यु भएको छ । विश्वमा सबैभन्दा धेरै सङ्क्रमित भएको देश अमेरिकामा रहेको छ । अमेरिकामा अहिलेसम्म ७६ लाख ७९ हजार ९०८ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण २ लाख १५ हजार ३९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, दोस्रो धेरै सङ्क्रमित भारतमा रहेका छन् । जहाँ कुल सङ्क्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२ रहेको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख तीन हजार छ सयको मृत्यु भएको छ । तेस्रो धेरै सङ्क्रमित हुनेमा ब्राजिल रहेको छ भने चौथो र पाँचौं धेरै सङ्क्रमितहरु रहेको मुलुकमा रुस र कोलाम्बिया रहेका छन् ।