काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।
नेपालमा अहिलेसम्म ९४ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६८ हजार ८ सय ६८ जना कोरोनाको उपचारपछि संक्रमण मुक्त भएका छन् ।
बुधबार १४ हजार दुई सय नौ जनाको पीसीआर परीक्षण गरेकोमा ३४ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्ख्या दैनिक विवरणमा अहिलेसम्मकै धेरै हो ।
आज कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा ५ सय ७८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।