काठमाडौं– पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ३८ हजार ९४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ५ हजार ८ सय २२ जना मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
अहिलेसम्म विश्वका ३ करोड ६३ लाख ७६ हजार ३ सय ६८ जना मानिसमा कोरोना संक्रमण पुष्टि भैसकेको छ । जसमध्ये १० लाख ५९ हजार ९ सय १५ जना मानिसले ज्यान गुमाएका छन् ।
वितेको २४ घण्टामा भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । यो अवधिमा भारतका ७८ हजार ८ सय ९ जना मानिसमा यो संक्रमण पुष्टि भएको छ । सोही अवधिमा भारतमा ९ सय ६३ जना मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
त्यसपछि अमेरिकामा वितेको २४ घण्टामा ४५ हजार ६ सय ३६ मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा अमेरिकामा ८ सय ५३ जना मानिसको मृत्यु भएको छ ।
यसैगरी,, ब्राजिलमा २९ हजार मानिसमा संक्रमण पुष्टि हुँदा ७ सय ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।