काठमाडौं– कोभिड १९ महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गर्नेमध्ये असर परेको क्षेत्रमध्ये एक पत्रकारिता पनि हो । यो समयमा पत्रकारहरुले सूचना संकलन र प्रवाहलाई निरन्तरता दिइरहे ।
तर, महामारीलाई अवसरको रुपमा लिएर कयौं ठूला सञ्चार गृहहरुले आफ्ना कर्मचारी तथा पत्रकारहरुलाई कामबाट निकाल्ने तथा बेतलबी बिदामा बस्न निर्देशन दिए । विगत छ महिनादेखि आवाज विहिनहरुको आवाज भनिएकै पत्रकारहरु सञ्चारगृहमा पीडित रहेको समचारहरु आइरहेकै छन् ।
पीडित पत्रकारहरुले आफनो हक र अधिकारका लागि धर्ना, सत्याग्रहलगायत विरोध कार्यक्रमहरु गर्दै आएका छन् । यसै क्रममा बुधबार तीनकुनेस्थित अन्नपूर्ण पत्रिका तथा कान्तिपुर टिभी कार्यालय अगाडि विरोध स्वरुप धर्ना दिएका थिए ।
पीडित पत्रकारहरुले विभिन्न नारा तथा माग लेखिएका प्लेकार्डसहित सञ्चारगृह अगाडि ‘एक घण्टा घेराऊ कार्यक्रम’ गरेका हुन् ।
पत्रकारहरुले प्रदर्शन गरेका प्लेकार्डमा लेखिएका वाक्यहरुलाई फोटोहरुमा पढौं –