काठमाडौं– आज ४ हजार ३६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबिस घण्टामा ४ हजार ३६४ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।
त्यस्तै, आज २ हजार ६७५ जना कोरोनामुक्त भएका छन् । गौतमका अनुसार योसँगै कोरोनामुक्त हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।
पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।