काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा १ हजार १ सय १६, ललितपुरमा १ सय ६३ जना तथा भक्तपुरमा १ सय ३० जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै नेपालमा २७ हजार ५७ केस सक्रिय रहेको छ ।