ज्ञानुवाकर पौडेलको उदयपछि नेपाली गजलको पुनर्जागरण भएको हो । आफूलाई गजलको माली भन्न रुचाउने पौडेलको अवतार विघटन (संयुक्त उपन्यास २०४४) निर्वासित मन (मुक्तकसङ्ग्रह २०४७) खण्डहर नयाँ नयाँ (गजलसङ्ग्रह २०४८) जिन्दगी छैन अचेल जिन्दगी जस्तो (गजलसङ्ग्रह २०६८) र अनुदित मन मुक्तक सङ्ग्रह २०७५ प्रकाशित भएको छ । प्रस्तुत गजल २०४६ सालमा मधुपर्कमा प्रकाशित गजल हो ।
तरबारको धारमा हिँड्नुपर्छ यहाँ हरदम के लाग्छ
पचाउन थालेपछि मानिसले लाज सरम के लाग्छ
जसका आँसुले झल्मलाए ती महल अट्टालिकाहरू
तिन्कै झुपडीमा छ आज उज्यालो सारै कम के लाग्छ
सोच्न त सोचेथेँ तिम्रो बारेमा पनि निकै सोचेथेँ
दुनियाँ पत्थरर भइ दिएपछि एकदम के लाग्छ
जुग भो हाँस्न विर्सेको मैले सपना देख्न पनि छाडेको
आँखामा छ आँसु मनमा छ पीर हरदम के लाग्छ
सक्दिन म ए ज्ञानु यी व्यर्थका मोह अँगाल्न सक्दिन
त्यसमाथि यो पुरानो खोकी र दम के लाग्छ
-------
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्