तनहुँका गजलकार रुपक वनवासीको अबरुद्ध गलाहरू गजलकृति २०६१, हल्का मद्यपान गजलकृति २०६२ ओ इरानकी मेनका गजलकृति २०६५ प्रकाशित भएको छ भने ओ इरानकी मेनकाको दोस्रो संस्करण बजारमा आएको छ । हल्का मद्यपान गजलसङ्ग्रह २०६३ को मोतीराम भट्ट गजल पुरस्कार प्राप्त कृति हो । गजल लेखनका अलावा गीत लेखनमा पनि उत्तिकै कलम चलाउनु हुने रुपकको आगमन नेपाली गजलको लागि अर्को टर्निङ प्वाइन्ट हो ।
एउटा प्रक्रिया बन्ने तयारीमा
फलाम हँसिया बन्ने तयारीमा
मजदुरको आङमा टल्किएको
पसिना रुपियाँ बन्ने तयारीमा
ऋतुराजको के चुमेथ्यो बोट वृक्ष
जङ्गल हरिया बन्ने तयारीमा
दमनको दैलो तोडफोड गर्दै
निमुखा बलिया बन्ने तयारीमा
उठेर ओ ! ‘रूपक’ हेर त झ्यालबाट
बाहिर दुनियाँ बन्ने तयारीमा ।
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्