डा.टीकाराम भण्डारी शल्य चिकित्सक हुनुहुन्छ । गंगोलिया रुपन्देहीका भण्डारीको युगसित हारेको तरबार (२०६५) , यो सहर हो यार (२०६८) र कुहिरोमा उज्यालो (२०७०) गरी तीन वटा गजलसङ्ग्रह प्रकाशित छन् भने उहाँको शेली कथासङ्ग्रह (२०६८) प्रकाशित छ ।
मेशिनबाट सास लिइ आँखा हेरेको छ
लाग्दैन मेरो देशको धडकन चलेको छ
अखबारमा शब्दले बान्ता गरेको सुहाएन
कलमहरुलाई अस्पताल लानु परेको छ
भित्ताहरूमा यसरी रङ पोतिएका छन्
थाहा हुदैन यहाँ घर के ले बनेको छ
यसरी झरी परेको देख्दा यस्तो लाग्छ
कसैले बादललाई बेसरी निचोरेको छ
चलाखी गर्न पनि कति जानेको होला
जिन्दगीले दुईचुल्ठी कपाल बाटेको छ
जब सुन्छु मनभित्रका अनौठा आवाजहरू
लाग्छ मनमा कोही छ केही पाकेको छ
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्