डा.सुधा शाही नाक, कान, घाँटी रोग विशेषज्ञ हुनुहुन्छ । उहाँको ‘केही त छ जरुर’ गजलसङ्ग्रह (२०६७) र अनदेखी अनसुनी हिन्दी गजलसङ्ग्रह (२०७१) प्रकाशित छ ।
कस्तो सहर यो अमानुषको बास छ
कहीँ भोको पेट कहीँ उपवास छ
कहीँ छ अमृतधारा आठै प्रहर
कहीँ हेर आँते सुकाउने प्यास छ
चौरासी व्यञ्जन कहीँ एकैका लागि
कहीँ चौरासीको लागि एकै गाँस छ
कहीँ हरदिन यौटा नयाँ जीवन
कहीँ भने हरपल अर्को लास छ
कहीँ घामपानीले चुटेको शरीर
कहीँ घामपानीले चुनेको लिवास छ ।
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्