धनगढी, कैलालीकी गजलकार तारा पल्लवी सूदुरपश्चिम गजल मञ्च र सुदुरपश्चिममाञ्चल साहित्य समाजमा आवद्ध छिन् ।
त्यही शहरसम्म धाउँन मेरो औकात पुग्दैन
रोग पाल्याछु जचाउँन मेरो औकात पुग्दैन
मन्दिरमा पुजिने मूर्ती मैले नै बनाएको हो
त्यहीँ ढोग्न फूल चढाउँन मेरो औकात पुग्दैन
तिमीलाई टाढैबाट हेरेर म चित्त बुझाउँला
किनको तिमीलाई पाउँन मेरो औकात पुग्दैन
मेरा सबै सन्तान गोठमै जन्माएका हुन्
अस्पतालसम्म आउँन मेरो औकात पुग्दैन
म सुकुम्बासीलाई लालपुर्जा नदेऊ सरकार
यसको कर बुझाउन मेरो औकात पुग्दैन
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्