दिपायल, डोटीका गजलकार विपिन सलामी हाल कामको सिलसिलामा साउदी अरबमा छन् । सलामीको कैफियत, मैले देखेको दुनियाँ र रानीचडा गरी ३ वटा गजलकृति प्रकाशित भएको छ भने गजलगल्ली गजलसङ्ग्रह प्रकाशनको तयारीमा छ । रानीचडा जोगमाया चापागाइँ गजल पुरस्कार र नन्दकुमारी उप्रेती गजल पुरस्कार प्राप्त कृति हो ।
कुनै जंगलको बाटो कुनै ओढारमा छ
यहाँ सरकार त छ तर सरकारमा छ
अझै भित्ता ताक्दैछ के ठककर पुगेन
मेरो टाउको कुन सोच विचारमा छ
तेरो दुःख बाँड्छु भन्थ्यो कहाँ गयो होला
कसको ढोका ढक्ढक्याऊँ कुन द्वारमा छ
भाग्यको पर्चा मजदुर के टाँस्न सक्थ्यो
पसिनै पसिना त उसको निधारमा छ
टुक्राटुक्रा ऐनजस्तो के हो यो सहर
अनुहारै अनुहार छ अनुहारमा छ
तिम्रो याद जस्तो छोडेर कहिल्यै गएन
त्यो यौटा माझी अझै पनि किनारमा छ
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्