झापामा बसेर नेपाली गजलको उत्थानमा महत्वपूर्ण योगदान दिने नाम हो लोकेन्द्र बञ्जारा । उनको ‘आँखाभरि सपना’ र ‘जैतुन’ गजलसंग्रह प्रकाशित छ । ‘जैतुन’ मोतराम सेतुराम गजल पुरस्कार प्राप्त कृति पनि हो ।
अलिकती कमाउन देउ नकमाइ घरबार चल्दैन
तिमीलाई हेरेरमात्रै पनि त यो संसार चल्दैन
केही दिन सगैँ बसेको सबुदले के गर्छौ ? जबकि
आँखाकै आँसुमा आँखाको अधिकार चल्दैन
होटलवालाले अदालतलाई यसरी बयान दियो हेर्नुस्
श्रीमान् सुन्दरी नराखी होटलको व्यापार चल्दैन
मलाई रिन लिनुथ्यो बैंकबाट के धितो राखौँ खोइ ?
सुन छैन बैंकलाई गरिबको अनुहार चल्दैन
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्