सात्तला ८, आठबीस नगरपालिका १ दैलेखका गजलकार खगेन्द्र अटलको ‘कैफियत’ गजलकृति प्रकाशित छ । हाल पञ्चकन्या गाउँपालिका ८ नुवाकोटमा कार्यरत हुनुहुन्छ ।
चिया बाँकीनै रह्यो चियाबोटमा अझै
रगत निर्यात हुन्छ दिनहुँ एयरपोर्टमा अझै
सम्म्झिँदा मन पोल्छ निद्रा लाग्दैन मलाई
बहिनी निदाउँछे गाउँको छाउगोठमा अझै
भयंकर हुनु भनेकै अस्तित्वमा रहनु रैछ
कमिलो छैन हात्ती छ हजारको नोटमा अझै
भोका नानीहरुको तथ्यांक संकलन गर्दैछ
सरकारी मान्छे बसेर उही रिसोर्टमा अझै
फलफूलको पहुँचमा पुग्न रक्तदान गर्नुपर्छ
देख्छु यौटा दुनियाँ बाँचेको यै चोटमा अझै
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्