बझाङ, बुङ्गल नगरपालिका वडा नंं १० डौडका गजलकार मीलु मेघ नेपाली गजलका लागि यो समयको सानदार प्रतिभा हुन् ।
ए, मुर्दाहरू घाटमा यस्तो उत्सव राखिदिनोस्
म जल्न तयार छु आफ्नो अनुभव राखिदिनोस्
तिमीले पटक पटक खेलिरह्यौ मेरो छातीमा
एक पटक दुनियाँ खेल्छ विश्वकप राखिदिनोस्
कम्तिमा ढुङ्गाहरू रुनुपर्दैन् चरा मारेको कसुरमा
यो पाला गुलेलीको फित्तामा मानब राखिदिनोस्
भोको पेटको नेप्से परिसूचक उकालो लाग्ला
बा लाई बृद्धाश्रम मलाई अरब राखिदिनोस्
सबथोक बेचेर खुसी किन्न प्रियाको रातो झोलामा
आफू बेचिएको पैलो मैनाको तलब राखिदिनोस्
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्