दीर्गराज गिरीकोे पग्लिएका रहरहरु गजलसंग्रह २०६९ मा प्रकाशित भएको छ । कैलालीका गजलकार उनी हाल भारतमा बसेर कामका अलावा गजल लेखनमा तल्लिन छन् । उनी गजल पारखीहरु माझ खुब रुचाइएका गजलकार हुन् ।
विधुवा आँखाले बजार हेर्ने काम पायो
बगरले पनि किनार हेर्ने काम पायो
तिमीले आँखामा गाजल लाउन सिक्यौ
ऐनाले पनि त शृङ्गार हेर्ने काम पायो
वेथितिहरुलाई चिरफार गर्छु भन्छ–
मासु पसलेले सरकार हेर्ने काम पायो
आमासँगै उठेर बारीमा कुटो गयो
बेरोजगार थियो झार हेर्ने काम पायो
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्