सल्यान कला साहित्य परिषद् सल्यानका सल्यानका संस्थापक लोकेश जलन बन्गाड कुपिन्डे नगरपालिका १ का स्थायी बास्न्दिा हुन् । हाल साउथ अफ्रिकामा रहेका जलन पेशाले नेपाली सैनिक हुन्
ओल्टे, कोल्टे फर्कियो छट्पटिदै उत्तानो फर्कियो
यतिकै यतिकैमा उज्यालो घरको छानो फर्कियो
मेलो नसकिदै हो मेलामा परेको मुशलधारे पानी
बाआमा भिजेर फर्किए बच्चा ओभानो फर्कियो
आमाको यै जिज्ञासा घरिघरि दोहोरिन्छ ममाथि
तँ फर्किनस् छोरा तँसग गएको फलानो फर्कियो
दिनमा यौटा रातमा अर्को राज गर्छ यो आङमा
चिसोको पालोथ्यो चिसो आयो न्यानो फर्कियो
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्