गोदावरी नगरपालिका वडा नं. ३ कैलालीकी गजलकार आसा साकी बलायर हाल गन्यापधुरा गाउँपालिका वडा नं. ३ डडेल्धुरामा कार्यरत छिन् ।
भेडा अनेकौं छन् गोठाला अनेकौं छन्
जीवन हो जीवनका कथा अनेकौं छन्
हातमा सारङ्गी हुनेहरूको आँखामा हेर्नू
सपना अनेकौं छन् भाका अनेकौं छन्
दुश्मन डराउनु नै पर्छ तिमी देखेर
उसो त ठाउँठाउँमा बुख्याँचा अनेकौं छन्
तिमी इमान सिक्नु र स्वाभिमान सिक्नु
क ख पढाउने त पाठशाला अनेकौं छन्
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्