लोकेन्द्र बोहराको ‘कैफियत’ गजलसंग्रह प्रकाशित छ । बझाङका यि गजलकार आफ्नो स्थानीय लवज बोकेर नेपाली गजलमा लोभलाग्दो उपस्थित जनाइरहेका छन्
सागरको खोजी गर्दागर्दै एक नदी सकियो
सालिग्रामबन्ने जिद्दीले अजनबी सकियो
तिमीलाई सुनाउनु थियो मन भित्रका पिडाहरु
कहिले फुर्सद मिलेन कहिले अबधी सकियो
धेरै नाफा कमाउने सोचले पसल खोलियो
उल्टै बाले जम्मा गरेर राखेको सम्पति सकियो
सपनाको विमान आपतकालीन अवतरण भयो
बिस्तारै बिस्तारै मन हुदै ओठबाट खुसी सकियो
दाइ कोरिया, भाइ अमेरिका साथी जापान गयो
आफ्नो भने बधाई दिदा दिदैं जिन्दगी सकियो
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्