धनगढी उपमहानगरपालिका ११, कैलालीका गजलकार जनक रसिक सृजनशील मञ्च सुदूरपश्चिमका अध्यक्ष हुन् । उनका प्रकाशित कृतिहरुमा युगीन सपना, गजलसङ्ग्रह २०६३, नीति निर्माता, ऐतिहासिक प्रदेश सभासम्बन्धी पुस्तक २०७५ र गजल र कविताका चार संयुक्त सङ्ग्रह छन् ।
उज्यालोमा उज्यालो नै छरेको कत्ति मिल्दैन
र फूलले फूलकै चर्चा गरेको कत्ति मिल्दैन
नदी हर्दम बगेकै छ हवा हर्दम चलेकै छ
तिमीले बन्द छन् बाटा भनेको कति मिल्दैन
कुराले चन्द्रमा झार्यौं कुरैले धर्ती पल्टायौ
पयरमा बाहुमा गाँठा परेको कत्ति मिल्दैन
कटेरामा बसेकाले चढुन माथि महल खोलुन्
महलवाला कटेरामा सरेको कत्ति मिल्दैन
यि आँशु थामिदै सागर बनेको हेर आँखामा
तिमी सानो दुखाईमै झरेको कत्ति मिल्दैन
निशामा स्वप्न देखेर उषामा पाइला चाल्नु
जिन्दगी स्वप्न देख्दैमा टरेको कत्ति मिल्दैन
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्