आदी रुवस पछिल्लो समय निकै रुचाइएकी गजलकार हुन् । हाल कुलेश्वरमा बसेर उनी गजल कर्ममा लागिरहेकी छिन् ।
मनमा क्रान्ति, हातमा मसाल आयो
गाउँमा कहाँ चामल, त्रिपाल आयो
साधु जस्तो थियो बरू बस्तीको अभाव
अपराधी बनेर बन्दुकको नाल आयो
बदलियो दिन, महिना बदलियो साल
ऊ किन बद्लिएन मनमा सवाल आयो
नलगाऊ पिरती नहिँड यो बाटो भएर
धुजाधुजा फाटेर एउटा रुमाल आयो
धक्का खाँदैछ फेरि मेरो रुवस अनुहार
जिन्दगी किनार हो र ? किन छाल आयो ?
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्