गुराँसे ५ दैलेखका गजलकार महेन्द्रचन्द माहासागरको ‘माहासागरका अन्तरका छिटाहरु’ २०६७ र ‘कैफियत’ २०७० प्रकाशित छ भने हाल वीरेन्द्रनगर ४ सुर्खेतमा बसेर अध्यापन र पत्रिकारिता गर्छन् ।
गरेको देखिँदैन आराम कसरी गर्छ होला
न पानी न त भन्छ घाम कसरी गर्छ होला
रुने आँखाले सन्देश हाँसने ओठमा पु¥याउँछ
आँसुले यस्तो कठीन काम कसरी गर्छ होला
भारी नबोके भुँडी भरिँदैन काम गरिरहन्छ
ढाडभरि छन् नीलडाम कसरी गर्छ होला
मालिकले साने निहुँमा हात काटिदियो
बाँकी खुट्टा छन् सलाम कसरी गर्छ होला
गर्नुपर्ने पसिनाको व्यापर गर्न नसक्नेले
मनको व्यापार खुलेआम कसरी गर्छ होला
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्