गजलको उत्थानमा सबैभन्दा बढी सक्रिय संस्था अनाम मण्डलीका अध्यक्ष हुन् रुपक अलंकार । उनको ‘देशको पुर्पुरो’ गजलकृति प्रकाशित छ ।
भनेका छन् हथ्यौडाले भएँ बन्दी म झन्डामा
यही आक्रोश देखिन्छ कुटो फाली र रन्दामा
छ माटो पुस्तिका मेरो पसिनाको मसी छर्दा
दगुर्छन् काव्यका धारा मुला काँक्रो र बन्दामा
म मेरो पाखुरीमाथि सदा विश्वासले ज्युँदो
न बाँचोस् जिन्दगी मेरो कसैको दान चन्दामा
छ मेरै रक्त धाराले हजारौं जिन्दगी तातो
तिमीले भावना मेरो लगायौ अंशबन्डामा
म गर्छु कर्मको पूजा र यो आनन्द नैबेद
मलाई तान्नदछन् पापीहरूले स्वार्थ फन्दामा
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्