धादिङ स्थायी घर भएकी विमला दाहाल हाल हातेमालो साहित्य संगमसँग आवद्ध छिन् ।
न भत्किएको को छ र यहाँ नच्यात्तिएको
म एकनोट हुँ आजसम्म नसाँटिएको
दाइजो माग्नेसँग म पनि दाइजो माग्थेँ
छोरी भएर हो कि मलाई मौका नदिएको
यसर्थ मलाई दुनियाँ पनि एक भ्रम लाग्छ
कुनै अनुहार छैन यहाँ शृङ्गार नगरिएको
ए जिन्दगी आइज सक्छस् भने रुवाइ दे
मसँग आँसु छ आखाँबाट नपोखिएको
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्