शीतल कादम्बिनी प्रसिद्ध गजलकारको साथमा प्रसिद्ध गीतकार हुन् । उनको २०६२ मा ‘सुगन्ध यात्रा’ गजलसङ्ग्रह प्रकाशित छ भने ‘कादम्बिनी’, ‘शीतल’ र ‘निर्झरी’ उनको प्रसिद्ध एल्बम हो ।
बालुवामा सुती सपना कोहीनुरको सँधै
तिमी दिलको केन्द्रमा छौ म सुदूरको सँधै
पिँढीबाट हजुरबा नओर्लेको वर्षौँ भयो
कुरा भने परेडको र छ लाहुरको सँधै
हावापानी, आकाश जमिन तिम्रो मात्रै हो र
भकारीचैँ तिम्रो भर्ने भोक मजदुरको सँधै
लगाउन छोडौँ यो रगतभन्दा महँगो चीज
प्राण दिएरै चुकाउँछौँ मोल सिन्दुरको सँधै
मलाई अचेल शंका लाग्छ मेरै अस्तित्वको
देश देवताको पूजा चाँही छ असुरको सँधै
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्