सुन्द्रावती, ३, दोलखाका गजलकार डा. प्रदीप मैनाली हाल, लोकन्थली, भक्तपुरमा बसोबास गर्छन् । उनी
पुष्पपराग साहित्य प्रतिष्ठानको सचिव हुन् ।
कसैका यहाँ ओठमा बाँसुरी छन्
हृदय भित्र उल्का र आँधी हुरी छन्
कहाँ को छ आफ्नो, म खोजी रहन्छु
जहाँ जान्छु आफ्ना यिनै पाखुरी छन्
म कसरी भनौं प्रेम नै हो सबै चिज
जहाँ जाल बुन्नेहरू माकुरी छन्
म सम्झन्छु मेरो, कुनै सम्झँदो हो
न तेरो न मेरो, सबै आसुरी छन्
बनी सर्वहारा, यही देख्न पाएँ
अरिङ्गाल पाल्नेहरू माहुरी छन्
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्