स्याङ्जाका गजलकार जय गौडेल अनाम मण्डलीका पूर्व महासचिव हुन् भने कुञ्ज नेपालको संस्थापक अध्यक्ष, गजल सागर नेपाल बुटवलको संस्थापक, रचना वाचनको नेपाल संयोजक हुन् । उनका ‘आशाका वयलीहरु’ गजलसङ्ग्रह प्रकाशित छ ।
सजिलो छ दबाउन हतियार भएपछि
पछि लाग्छन् घामजून हतियार भएपछि
लङ्काको र ल्हासाको सुन उखान न हो
आफ्नै हातमा हुन्छ सुन हतियार भएपछि
हात जोडी सँधैभरि मुखियाको पाउ परी
पर्दैन है कोही रुन हतियार भएपछि
दुनियाँलाई धम्काउँदै तर्साउँदै हिँडे पनि
कल्ले सक्छ मलार्ई छुन हतियार भएपछि
वैरीमाथि रिस पोख्ने मौका छोपे पनि हुन्छ
हातैमा छ त्यो कानुन हतियार भएपछि
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्