प्रसिद्ध गीतकार राजेन्द्र थापाको द्रौपदी, खेलौना र सकुनी उपन्यास प्रकाशित छन् । सहनेकै छाती अचनो, सूर्जे पनि अस्ताउने मात्र, बाटोले अब मान्छे हिँड्छ गजलसङ्गह प्रकाशित छन् । कथासङ्ग्रहमा बदलेको कथा र फिर्ता चाहियो रहेको छ । मुक्तकसङ्ग्रह भुइँमान्छे भाग १ र २ प्रकाशित भएको छ । तेस्रो व्यक्ति उनको कवितासङ्ग्रह हो भने गीतमा यसपाली त मनै फाट्यो रहेको छ ।
यो भएन त्यो भएन, भन्नु नै बेकार छ
हाम्रै निम्ति खाइरने, हाम्रै बाल्वाटार छ
खानै नपाए नि भोको, छैन कोही यहाँ
देशमा अहिले, मजदूरकै सरकार छ
मिसिनले हात काट्यो, पिर नगर भाइ
खवर छापिन्छ, मालिककै अखबार छ
सुकुम्बासी आयोगको, जरुरत् छैन यहाँ
आकाशै छानो भाको, सबको घरबार छ
गरिबी घटाउन, गरिबै घटाम्नु पर्छ
यहाँ फेरि अर्को, जन्युद्धको दरकार छ
नक्से केक काटिन्छ, नक्से नाक चैं थपिन्छ
खै कोसङ्ग, पृथ्वीनारानको तरवार छ
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्