कोहलपुर, बाँकेका गजलकार हुकुम धड्कनको कैफियत गजलसङ्ग्रह प्रकाशित छ । गजलका पारखीहरु माझ अत्यधिक रुचाइएका गजलकार हुन् उनी ।
युगौँपछि मुर्दाको बोल्ने पालो आयो होला
ऊ बोलेन उभित्र आवाज कति चिच्यायो होला
मलाई भने आफ्नै मृत्यु ठूलो लागि रह्यो
किरा पर्दा उन्को आँखा कति बिझायो होला ?
एउटाले गुडियाको शिर काटी सन्दुकमा राख्यो
अर्कोले छोरीको शिर काट्यो कहाँ लुकायो होला ?
मजदुर मालिक बन्यो, मालिक मजदुर बन्यो
बन्नेले केही पाएन, बनाउनेले के पायो होला ?
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्