राप्ती गाउँ पालिका लालमटिया देउखुरी, दाङका गजलकार हिमा भुसाल प्रकृतिभृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थामा आवद्द छिन् ।
यहाँ धेरैथोक कृत्रिम हो र क्षणिक हो
केवल बाआमाको माया अर्गानिक हो
उसलाई चिन्नु भयो कि भएन मालिक
हजुरको महल खडा गर्ने त्यै श्रमिक हो
सुन्दरताको पछाडि दौडिने मान्छे त
उमेर ढल्किदा टाढिनु सान्दर्भिक हो
हिजो लुटिनेहरु आज आफै लुट्दैछन
लाग्छ यो क्षेत्र लुटेराको औधोगिक हो
जहाँ फूल र अक्षता चढाएर फर्कियौ
तिमी जाने घाट पनि त्यही नजिक हो
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्