वसन्त वली वसन्ती पेशाले सैनिक हुन् । त्रिभुवन आर्मी क्लबमा रहेका खेलाडी पनि हुन् । देशमा भइरहने गजल प्रतियोगिताहरूमा पुरस्कृत भइरहने यी गजलकार बहरमा गजल लेख्न पनि खुब सिपालु छन्।
हामी आफै समान छैनौँ सम्बन्ध कसरी गतिलो हुन्छ
धेरै पानी र थोरै धूलोको भेट भयो भने हिलो हुन्छ
शहरकी छोडेर गाउँकीलाई किन रोजेको भन्नुभो
बुझ्नुस् ग्यासमा भन्दा दाउरामा पकाएको रसिलो हुन्छ
शान्त मान्छेलाई जिस्काइरह्यौँ ऊ अन्तमा खुब रिसायो
ठिकै हो सङ्लो पानीलाई पनि चलायो भने धमिलो हुन्छ
तिमी भुत्तिएकी छौ भन्ने आज आएर बल्ल थाहा पाएँ
खुकुरी हुँ भन्थ्यौ सोचेकोथेँ खुकुरीको धार धारिलो हुन्छ
हामीहरु साना मान्छे भनेर, मिसाउँदैन समाजले
आखिर थाहा छँदैछ ग्रामग्राम मिलेर नै किलो हुन्छ
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्