वियोगी बुढाथोकी शिवपुरी सन्देश साहित्यिक त्रैमासिकको प्रधान सम्पादक तथा प्रकाशक हुन् । उनको कवितासङ्ग्रह ५, गजलसङ्ग्रह ३, मुक्तकसङ्ग्रह ३ र नियात्रा सङ्ग्रह किरिङ मिरिङ सडकमा अलपत्र प्रकाशित छन् । प्रतिनिधि नेपाली गजल र समकालीन नेपाली कविताको स्वरको उनले सम्पादन गरेका छन् ।
आक्षेपको आगो नबाल्नु पथ्र्यो
मनभरि पाप नपाल्नु पथ्र्यो
प्यासकै कारण पानी मागेको हुँ
बित्थामा शंकाले नचाल्नु पथ्र्यो
घाम डुब्दै गर्दा मन हो डुब्यो
डुब्नेप्रति मन नफाल्नु पथ्र्यो
कहिले रिन खाएँ पत्तै भएन
शंकाको भरमा नढाल्नु पथ्र्यो
शंकालु वर्षाले निथु्रक्क भिजें
नुन छर्किएर नगाल्नु पथ्र्यो
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्