डोटी दिपायल, शिलगढी नगरपालिकामा जन्मनु भएकी प्रसिद्ध गजलकार श्रेष्ठ प्रिया पत्थर हाल धनगढी ५, हसनपुर कैलालीमा बस्छिन् । उनको उपन्यास, कविता, संस्मरण, कथा, गजल गरी १७ वटा कृतिहरू प्रकाशित छन् ।
डँडाल्नु नै भाँचिसके सुकिसके आँतहरू
तर पनि सकिएनन् आश्वासनका बातहरू
सुइयै गरी आकाश हेरी प्रभुलाई पुकारेर
भोकका ज्वाला सही–सही कति बिते रातहरू
तिमी भने दिनानुदिन भुजासित चोक्टा लुछ्ने
हावा पिइ गरिबका दुखिसके दाँतहरु
चित्त दुख्दा आँसु झर्छ छाला काट्दा रगत आउँछ
तै पनि त कति फरक मान्छेका जातहरू
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्