अछामका गजलकार कृष्ण विरही हाल एन.आर.एन. लघुबित्त बित्तिय संस्था लिमिटेड, शाखा कार्यलय मेहेलकुना सुर्खेतसँग आवद्ध छन् यिनको कैफियत गजलसङ्ग्रह प्रकाशित छ ।
गरिबलाई त गरिब भइरहनुको पिरले खायो
गरिबले के खायो गरिबलाई अमिरले खायो
पिपलले निलेको चौतारी जस्तो भएका छौ
सुनाउ के म जस्तै तिमिलाई जागिरले खायो
ए साशक तिमिले माटो खायौ उस्को रगत खायौ
यो माटोको लागी तातो गोलि जुन बिरले खायो
भैगो नपठाउ अब सम्झनामा त्यो तस्बिर नपठाउ
मेरो जिन्दगीको पूरा चैन जुन तस्बिरले खायो
ए जिन्दगी तैंले चारठक्कर किन खान नसकेको ?
त्यो शुकरातले विष पनि आफ्नै जिकिरले खायो
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्