दुल्लु नगरपालिका वडा नं. १२ दैलेखका गजलकार भरत प्रमोद दाहाल मध्यपश्चिमाञ्चल विश्व विद्यालय साहित्य समाज सुर्खेतका निर्वतमान अध्यक्ष हुन् । सुर्खेतमा बसेर भरतले नेपाली गजलको लागि गरेको योगदान पछिसम्म सम्झन योग्य रहने छ ।
बिजुली चम्केको छ असिना बर्सिने डर छ
सम्बन्धका हाँगाहरू पनि भाँचिने डर छ
म जस्तै बगरको चिसो चट्टानलाई
न उम्लिने रहर छ न त पोखिने डर छ
आफ्नै सन्तानहरुले नै लुछालुछ गर्छन्
आमाको पछ्यौरी पनि च्यातिने डर छ
पानी खाएर निदाएका छन् नानीहरू
रोटी देखेर निद्राबाट बिउझिने डर छ
यो त माटोले बनेको घर हुँदै होइन
विश्वास पोतिएको छैन चर्किने डर छ
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्