कालिका नगरपालिका शक्तिखोरचितवनका गजलकार मुक्त उदासको कैफियत गजलसङ्ग्रह पव्रकाशित छ । गजलकारको अलावा गीतकारको रुपमा पनि उदास परिचित छन् ।
आमाबालाई कहिल्यै खुसीमा राख्न सकिन
आफुलाई सन्तानको सूचीमा राख्न सकिन
पठाइदिएँ मैले गाउँमै फिर्तापठाइदिएँ
सपनाहरू राजधानीमा राख्न सकिन
जिन्दगीभर जिन्दगी खाडीमा राखे पनि
श्रीमतीलाई नयाँ साडीमा राख्न सकिन
अँध्यारोमा हराएकाछ्न् मेरा खुसीहरू
जिन्दगी चाहेर पनि टुकीमा राख्न सकिन
गुनासो यही आइरहन्छ छोडेर जानेको
किन तिमीलाई ढुकढुकीमा राख्न सकिन
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्