थाहा नगरपालिका ४ पालुङ मकवानपुरका गजलकार हुन् ठाकुर चुरे ।
अभावनै अभावमा पनि खुसी भैहाल्छ
टुकीकै उज्यालोमा झुपडी खुसी भैहाल्छ
मान्छे शिर उठाउन खोज्छ, घमन्ड गर्छ
धानको बाला झुकी झुकी खुसी भैहाल्छ
कहाँबाट कसरी, ल्याइएकोथ्यो घरभाडा
पैसा देख्ने बित्तिकै घरबेटी खुसी भैहाल्छ
देखासिकीले छोरालाई बन्दुक चाहियो
सक्कली होस या नक्कली खुसी भैहाल्छ
ऐनालाई खुसी पार्न धेरै दुस्ख गर्नु पर्दैन !
एक पटक मुस्कुराउनु तिमी खुसी भैहाल्छ
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्