लालबन्दी, सर्लाहीकी गजलकार सुशीला पौडेल गीतकार संघ नेपालको सविच हुन् । उनको ‘तृषा’ उपन्यास प्रकाशति भएको छ भने मुक्तक र गजलसङ्ग्रह प्रकाशनको तयारीमा छ ।
पराइकैघरमा कति बाँच्नु ए जिन्दगी
सपनाकै भरमा कति बाँच्नु ए जिन्दगी
उठ्नुपर्ने बेला हो यो, जुट्नुपर्ने बेला हो यो
मालिककै डरमा कति बाँच्नु ए जिन्दगी
आफ्नै लासको शवयात्रा हिँडेजस्तो लाग्छ
लक्ष्यहीन सफरमा कति बाँच्नु ए जिन्दगी
खुला आकाश पनि यहाँ भेदभाव गर्छ
मूल्यहीन सहरमा कति बाँच्नु ए जिन्दगी
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्