परिवर्तन गाउँपालिका वडा नं. ६ रोल्पाकी गजलकार दिलकुमारी मगर हाल रोल्पा नगरपालिका ४, लिवाङमा बस्छिन् । उनको गजलसङ्ग्रह प्रकाशनको तयारीमा छ ।
साथ निभाउने दावा हरबार गरिरह्यो
अनि मेरै कमजोरीमा प्रहार गरिरह्यो
हितैसी भनूँ या दुश्मन भनूँ उसलाई,
अक्सर मेरै जिन्दगीमा वार गरिरह्यो
कहाँ पुग्नु थियो छाती कुल्चेर उसलाई
पीडाले छटपटाइरहेँ ऊ सवार गरिरह्यो
जल्लादले जस्तो यो देशको रक्षक बनेर
भ्रष्टचारीले देशको चिरफार गरिरह्यो
भुइँमा बसेर उसले बालुवा चालिरह्यो
कौशीमा बसेर उसले के विचार गरिरह्यो
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्