आदर्श गाउँपालिका वार्ड नं. ४ दिपायल डोटीकी गजलकार गीता स्मृति कठायत अहिलेको समयको चर्चित गजलकार हुन् ।
लाग्दैन मलाई अहँ उहाँ एकाकार हुनु भो
दापमात्र एउटा हो दुईवटा तरवार हुनु भो
किसानको हसिँया रोएको त के देख्नु हुन्थ्यो
ज्यामीको हतौडा बेचेर कहाँ फरार हुनु भो
रुकुमबाट राजधानी पुगेपछि त महोदय
कहिले वार हुनु भो कहिले पार हुनु भो
कुकर र बिरालोको जस्तो कि मर कि मार
अचम्म छ आज कसरी परिवार हुनु भो
भाइ भाइमा घर घरमा दुस्मनी गराएर
हजुरहरु त मेलामा हराएका यार हुनु भो
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्