बाँसगढी नगरपालिका वडा नं. १ बर्दियाका गजलकार हिमाल वली नेपाल प्रहरीमा कार्यरत छन् । हिमाल यो समयको चर्चित गजलकार हुन् ।
कसैले मुटु माथि प्यार नामको हतियार राख्यो
जिन्दगीले बल्ल जिन्दगीसँग सरोकार राख्यो
आमाको छोरो, छोरीको बाबू हो र दलाल पनि
एउटै मान्छेमा कसले यति धेरै अवतार राख्यो ?
बेहिसाब दौडिने समयको खुट्टा भाँचिदिनु छ
भर्खर भित्रिएको खुसीले यस्तै विचार राख्यो
रंगविहीन चेहरा निस्कियो बैंकको ढोकाबाट
सायद आज धितोमा आफ्नै अनुहार राख्या
यति छिट्टै गुमनाम हुन्छु सोँचेको थिएन होला
आगो निभाउनेले आगोको नाम अङ्गार राख्यो
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्